logo

निगमद्धारा अत्याधुनिक फ्लाइट प्लानिङ सिस्टम लागू, अब ३० प्रतिशत खर्च बचत हुने

    2223   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमले साढे दुई दशकपछि अत्याधुनिक फ्लाइट प्लानिङ सिस्टम लागू गरेको छ । 

निगमले करीब साढे दुई दशकदेखि प्रयोग गर्दै आएको सीता फ्लाइट प्लानिङ सफ्टवेयर परिवर्तन गर्दै एयर बस कम्पनीले आविष्कार गरेको आधुनिक नेभब्लु फ्लाइट प्लानिङ (एन–एफपी) पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको हो ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले एयरबसको आधुनिक नेभब्लु फ्लाइट प्लानिङ (एन–एफपी) सफ्टवेयर कार्यान्वयनमा आएपछी निगमको खर्च ३० प्रतिशतले बचत हुने बताईन् ।

सिता मल्टिनेशनल इन्फरमेशन आइटी कम्पनीले सन् २०२१ मा आफूले वितरण गर्दै आएको प्लानिङ सफ्टवेयर बन्द गर्ने निर्णय गरेपछि निगमले एयरबसको एन–एफपी सफ्टवेयर लागू गरेको हो ।   

निगमद्धारा जडित नयाँ प्रविधिमा नोटाम (नोटिस टु एयरम्यान), रेम (रिसीभर एटोनोमस इन्टिग्रिटी मोनिटरीङ) प्रेडिक्सन, ओभरफ्लाई चार्जेस, रुट एण्ड फ्युल अप्टिमाइजेसन लगायत बहुउपयोगी विशेषता रहेको जनाइएको छ।

नयाँ प्रविधिले निगमका जहाजहरुको उडानसम्बन्धी जानकारीलाई अत्याधुनिकरुपमा प्रविधिमैत्री बनाउने निगमले बताइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।