logo

मिर्मिरे लघुवित्तको नाफा ८८ प्रतिशतले बढ्यो, १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

    1734   पटक पढिएको

११ माघ/अर्थ र व्यापार– चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८८.७७ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ७ करोड ५१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ९८ लाख रुपैयाँ मात्रै थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा १२० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको हाल चुक्तापूँजी रू. ३९ करोड ८६ लाख रहेको छ । जगेडा कोषमा रू. २० करोड ५४ लाख सञ्चित गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा समावेश भएको चुक्तापूँजी रकममा निष्कासन हुन बाँकी एफपीओ रकम रू. ३७ लाख २६ हजार सहित हुन गएकाले चालू आवको दोस्रो त्रैमासमा उक्त एफपीओ निष्कासन रकमलाई घटाएर पूँजी रू. ३९ करोड ८६ लाख २६ हजार कायम भएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको हाल प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९४ प्रतिशत, मूल्य आम्दानी अनुपात ३८ दशमलव ०९ गुणा, तरलता अनुपात २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ५५ रहेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।