logo

मिर्मिरे लघुवित्तको नाफा ८८ प्रतिशतले बढ्यो, १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

    1929   पटक पढिएको

११ माघ/अर्थ र व्यापार– चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८८.७७ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ७ करोड ५१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ९८ लाख रुपैयाँ मात्रै थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा १२० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको हाल चुक्तापूँजी रू. ३९ करोड ८६ लाख रहेको छ । जगेडा कोषमा रू. २० करोड ५४ लाख सञ्चित गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा समावेश भएको चुक्तापूँजी रकममा निष्कासन हुन बाँकी एफपीओ रकम रू. ३७ लाख २६ हजार सहित हुन गएकाले चालू आवको दोस्रो त्रैमासमा उक्त एफपीओ निष्कासन रकमलाई घटाएर पूँजी रू. ३९ करोड ८६ लाख २६ हजार कायम भएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको हाल प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९४ प्रतिशत, मूल्य आम्दानी अनुपात ३८ दशमलव ०९ गुणा, तरलता अनुपात २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ५५ रहेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।