logo

माथिल्लो तामाकोशी हाइड्रोपावरको आज ११  औं वार्षिक साधारणसभा आह्वान

    1176   पटक पढिएको

११ असार / अर्थ र व्यापार - माथिल्लो तामाकोशी हाइड्रोपावरको आज ११ बजेदेखि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ११ औँ वार्षिक साधारणसभा आह्वान गरिएको छ । जसमा चार जना सञ्चालक बन्न एक दर्जन उम्मेदवारले आवेदन गरेपछि कम्पनीको साधारणसभामा सञ्चालकका लागि रोचक भिडन्त हुने अवस्था आएको हो । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चार जना सञ्चालक चयन गर्ने प्रस्ताव सहित आज असार ११ गते बिहान ११ बजे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ११ औँ वार्षिक साधारणसभा बोलाएको छ । सचिव रामसुन्दर श्रेष्ठका अनुसार माथिल्लो तामाकोशीको चार जना सञ्चालक बन्नको लागि १२ जनाले आवेदन दिएका हुन् । 

सर्वसाधारण शेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको कम्पनीले जनाएको छ । सञ्चालक पदको लागि ३ महिला सहित १३ जनाले नाम दर्ता गराए पनि एक जनाबारे उजुरी परेकाले १२ जनाको मात्र सूची प्रकाशन गरेको छ । उच्च आवेदन परेकाले साधारण शयरधनीबाट सर्वसम्मत सञ्चालक चयन हुने सम्भावना न्यून छ ।  सर्वसम्पति सञ्चालक चयन हुन नसक्ने अवस्थामा कम्पनीको सञ्चालक समितिमा चयन हुने ४ जना नयाँ सदस्य निर्वाचन मार्फत चयन हुनेछन् । जसका लागि निर्वाचन कार्यक्रम राखिएको छ । 

८ लाख १८ हजार शेयरधनी रहेको यस कम्पनीमा सञ्चालक छनोट गर्न सबैले बराबर अधिकार पाउनेछन् । आफैँ उपस्थित हुन नसक्नेले पनि प्रोक्सी राखेर मतदानमा सहभागिता जनाउन सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।