logo

माथिल्लो तामाकोशी हाइड्रोपावरको आज ११  औं वार्षिक साधारणसभा आह्वान

    1477   पटक पढिएको

११ असार / अर्थ र व्यापार - माथिल्लो तामाकोशी हाइड्रोपावरको आज ११ बजेदेखि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ११ औँ वार्षिक साधारणसभा आह्वान गरिएको छ । जसमा चार जना सञ्चालक बन्न एक दर्जन उम्मेदवारले आवेदन गरेपछि कम्पनीको साधारणसभामा सञ्चालकका लागि रोचक भिडन्त हुने अवस्था आएको हो । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चार जना सञ्चालक चयन गर्ने प्रस्ताव सहित आज असार ११ गते बिहान ११ बजे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ११ औँ वार्षिक साधारणसभा बोलाएको छ । सचिव रामसुन्दर श्रेष्ठका अनुसार माथिल्लो तामाकोशीको चार जना सञ्चालक बन्नको लागि १२ जनाले आवेदन दिएका हुन् । 

सर्वसाधारण शेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको कम्पनीले जनाएको छ । सञ्चालक पदको लागि ३ महिला सहित १३ जनाले नाम दर्ता गराए पनि एक जनाबारे उजुरी परेकाले १२ जनाको मात्र सूची प्रकाशन गरेको छ । उच्च आवेदन परेकाले साधारण शयरधनीबाट सर्वसम्मत सञ्चालक चयन हुने सम्भावना न्यून छ ।  सर्वसम्पति सञ्चालक चयन हुन नसक्ने अवस्थामा कम्पनीको सञ्चालक समितिमा चयन हुने ४ जना नयाँ सदस्य निर्वाचन मार्फत चयन हुनेछन् । जसका लागि निर्वाचन कार्यक्रम राखिएको छ । 

८ लाख १८ हजार शेयरधनी रहेको यस कम्पनीमा सञ्चालक छनोट गर्न सबैले बराबर अधिकार पाउनेछन् । आफैँ उपस्थित हुन नसक्नेले पनि प्रोक्सी राखेर मतदानमा सहभागिता जनाउन सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।