logo

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा ‘जीवन हेरचाह बीमा’ योजना सार्वजनिक

    1823   पटक पढिएको

२४ जेठ /अर्थ र व्यापार - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ बिमा योजना सार्वजनिक भएको छ । ‘जीवन हेरचाह बीमा’ योजना कम्पनी सञ्चालनमा आएदेखि ल्याएको चौथो योजना हो । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण यसमा छ। केटाकेटी र सन्तानको भविश्यलाई लक्षित गरी ल्याइएको बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई बिमाङ्क रकम एकमुष्ट भुक्तानी गरिने विज्ञप्तिमा उल्लेख छ । 

बिमांक रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ति नभएसम्म प्रत्येक तीन तीन महिनामा बिमाङ्क रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता  (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने सुविधा यसमा छ । साथै भुक्तानी अवधि समाप्तिपछि पुनः बिमाङ्क रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ । प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने  र १२ वर्षसम्म त्रैमासिक रुपमा बिमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ । 

प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तिपछि बिमाङ्क र आर्जित वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।