२२ फागुन / अर्थ र व्यापार - काठमाडौं– माछापुच्छ्रे बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णयअनुसार बैंकले आफ्नो केन्द्रीय कार्यालय गण्डकी कास्कीको लेखनाथबाट काठमाडौको लाजिम्पाटमा स्थानान्तरण गरेको छ ।
उक्त बैंकको कार्यालय गत फागुण २१ गते, सोमबारदेखि स्थानान्तरण भएको बैंकले जनाएको छ । सो बैंक २०५४ सालमा पोखरामा संस्थापना भई संचालन हुदै आएको थियो ।
बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया