२५ बैशाख /अर्थ र व्यापार - लुम्बिनी जनरल इन्स्योेरेन्सको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । बुधबार कम्पनीको विशेष साधारणसभाले १०ः२ (२० प्रतिशत) को अनुपातमा हकप्रद दिने बोर्डले गरेको प्रस्ताव पारित गरेको हो ।
उक्त हकप्रद शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ८८ करोड रहेको छ । बीमा समितिको निर्देशनपछि यहि असार भित्रमा निर्जीवन बीमा कम्पनीले चुक्तापुँजी १ अर्ब पुर्योउन पर्ने बाध्यता रहेको छ ।
तपाईको प्रतिक्रिया