logo

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी

    1318   पटक पढिएको

 

 

 

२८ फागुन / अर्थ र व्यापार - रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको हो । न्यौपानेले ८६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे ।

 

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा भिष्म प्रसाद न्यौपाने विजयी भए । ५९औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिएको हो । न्यौपानेले ९२७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नवराज न्यौपानेले ६४६ मत पाए । उद्योग उपाध्यक्षतर्फ अरुण गोयन्काले ९६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी शान्ता जिसीले ६४८ मत प्राप्त गरिन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ १ हजार ६८ मत प्राप्त गरी विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी विनोद खरेलले ४९४ मत प्राप्त गरीे पराजित भएका छन् । महासचिव पदका लागि नेत्रप्रसाद आचार्य १ हजार ९३ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी इम्तियाज अहमदले ४५८ मत प्राप्त गरे । सचिवमा विजय पाण्डेले ९३१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पशुपति प्रसाद कान्दुले ६८२ मत प्राप्त गरे ।

 

कोषाध्यक्षमा दिलिप कुमार कान्दु ८०८ मतका साथ विजयी भए उनका प्रतिद्वन्द्वी रवि कुमार श्रेष्ठले ७६० मत प्राप्त गरे । त्यसैगरी १० जना वाणिज्य कार्यसमिति सदस्यमा हरिश कुमार सेठिया,धर्म्विर शर्मा, गौरव श्रेष्ठ, संजय कुमार वेरिवाल, प्रितम रौनियार, अर्जुन कार्की, गोपाल भण्डारी, कमल प्रसाद मरासिनी, त्रिलोकी प्रसाद तेली र गंगासागर अग्रहरी निर्बा्चित भए । उद्योग कार्यसमिति ५ जना सदस्यमा गोविन्द ज्ञवाली, मंगल भण्डारी, रमेश घिमिरे, सुरेन्द्र उपाध्याय पौडेल र भुवन कुमार कान्दु चुनिएको निर्वाचन अधिकृत शिव गौडेलले बताए ।

 

कुल २१६७ मतदाता रहेको संघमा १६३९ मत खसेको थियो । एसोसिएट, महिला सदस्य बस्तुग तर्फको सदस्य भने निर्विरोध भए । एशोसिएट सदस्यतर्फ रोहित कुमार अग्रवाल र दिपक कुमार पौडेल चुनिए भने महिला सदस्य उद्योगतर्फ पल्लवी न्यौपाने र वणिज्य तर्फ यमकला न्यौपाने, त्यस्तै वस्तुगत सदस्यमा कृष्ण घिमिरे निर्बिरोध भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।