७ चैत्र /अर्थ र व्याापार - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ३७ मेगावाट क्षमता भएको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको शेयरमा आवेदन दिएका छन् ।
त्रिशूली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा प्रधानमन्त्री ओलीले हजार कित्ता शेयर आवेदन गरेका छन् । प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र ऊर्जा जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १०००–१००० कित्ता शेयर आवेदन गरेका हुन् । यसअघि प्रम ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता खोलेका थिए ।
तपाईको प्रतिक्रिया