logo

कजाक ब्रिटिस टेक्निकल विश्वविद्यालय र द ब्रिटिस कलेज काठमाडौंबीच सम्झौतापत्रमा हस्ताक्षर

    1421   पटक पढिएको

१९ असार / अर्थ र व्यापार - काठमाडौंकोे ‘द ब्रिटिस कलेज’ र कजाकिस्तानमा रहेको कजाक ब्रिटिस टेक्निकल युनिभर्सिटीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा टिबिसीका संस्थापक तथा सीईओ राजन कँडेल र केबिटियुका रेक्टरबीच हस्तारक्षर भएको हो । यो सम्झौतापत्र हस्ताक्षर भएसँगै विद्यार्थीहरूले एक्सचेन्ज प्रोगाममा भाग लिन पाउनेछन् । केबिटियु र टिबिसीका विद्यार्थी दुवैले एकअर्काको शैक्षिक संस्थाहरूमा भ्रमण गर्न पाउनेछन् । यसका साथै कजाकिस्तानमा रहेको ब्रिटिस विश्वविद्यालयबाट सम्बन्धन शैक्षिक संस्थाबाट दोहोरो डिग्री लिनसक्ने सम्भावना पनि छ । सम्झौतापत्रमा दुई पक्षकाबीच एउटा गैर–बाध्यकारी सम्झौता छ जुन बाध्यकारी सम्झौताको पालन गर्नका लागि छिट्टै नै सम्भावित सर्तहरूको निर्धारण गरिनेछ । 

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा रेक्टर केन्जहेवेक, रिसर्च र इनोभेसनका सह रेक्टर मारतबेक गावडुलिन, इन्टरनेसनलाइजेसनका सह रेक्टर मुहमम्द सेराज, म्यानेजिङ डाइरेक्टर अजमत मुरातोभ, बिजनेस स्कुलकी सह–डिन मदिना बिगाबाटोभा, इन्फरमेशन टेक्नोलोजी फ्याकल्टीका सहायक डिन अलिबेक बिसेमबायब, आइडिसीका निर्देशक असेल अकजालोभा, पोस्टग्राजुयट स्टडी सेन्टरका प्रमुख गुल्जीरा यस्टेकोभाको उपस्थिति थियो । 
यो सम्झौतापत्र अनुसार विद्यार्थी एक्सचेन्ज कार्यक्रमले टिबिसीका विद्यार्थीहरूले केबिटियुबारे भ्रमण गरेरै जानकारी लिन सक्नेछन् । त्यस्तै केबिटियुका विद्यार्थीहरूले पनि नेपाल र दुबईमा भ्रमण गर्न सक्नेछन् । यो महत्वपूर्ण कदमले नेपाल र भारतका विद्यार्थीहरूले रोजगारीको अवसर पनि पाउने छन् । यो सम्झौताले दुई देशको शिक्षा क्षेत्रमा फलदायी प्रभाव पार्ने अनुमान गरिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।