logo

जोशी हाइड्रोपावरकोे १७ करोडको साधारण शेयर निष्काशन

    1504   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि करिब १७ करोड मूल्य बराबरको साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो । जोशी हाइड्रोपावरले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको २ लाख ४२ हजार १० कित्ता जोडेर कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता बिक्रीमा ल्याएको हो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरि बाँडफाँड हुनेछ । यस शेयरमा छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको जोशी हाइड्रोपावरकोे शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । जसमध्ये न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

पछिल्लो समय जलविद्युत्त कम्पनीको शेयरमूल्य आईपिओको मूल्यमा नै दोस्रो बजारमा पाउने अवस्थाले यस आइपिओमा सबै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने सम्भावना रहेको छ । यसकारण यस कम्पनीको आइपिओमा पनि पाँच हजारको आवेदन नै प्रर्याप्त हुने देखिन्छ ।

कम्पनीले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेको जारी पूँजीको १० प्रतिशत बराबरको ३ लाख ७१ हजार ४०० कित्तामध्ये एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।