logo

इन्फिनिटीले नेपाल एग्रोलाई गाभ्ने, १०० बराबर ९८ कित्ता सेयर कायम हुने

    848   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार- इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आपसमा गाभिने प्रस्ताव अनुमोदनका लागि साधारणसभा डाकेका छन् । इन्फिनिटी र नेपाल एग्रोले असार २१ गतेका लागि साधारणसभा डाकेका हुन् । 
इन्फिनिटी लघुवित्तको साधारण सभाले नेपाल एग्रोको १०० कित्ता बराबर इन्फिनिटीको ९८ कित्ता सेयर कायम हुने प्रस्तावलाई पनि अनुमोदन गर्ने छ । 

इन्फिनिटीको यो विशेष साधारणसभा हो । त्यस्तै नेपाल एग्रोको भने यो नियमित साधारणसभा हो । कम्पनीले साधारणसभाबाट संस्थापक समूहबाट चार जना सञ्चालक चयन गर्ने छ । यसबाहेक चुक्ता पुँजी ५ करोड ७२ लाख रुपैयाँको १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि पारित गर्ने छ । पारितपछि चुक्ता पुँजी ८० लाख रुपैयाँले बढ्ने छ ।

इन्फिनिटीको २६ करोड ६ लाख र नेपाल एग्रोको ६ करोड ५२ लाख जोडिएपछि एकिकृति कारोबार गर्ने संस्थाको चुक्ता पुँजी ३२ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।