logo

कोभिडबाट विदेशमा मृत्यु भएका नेपालीको परिवारलाई आइएमईको ‘भरोसा कोष’

    1506   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार– आइएमई समूहले कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘भरोसा कोष’ स्थापना गरेको छ ।

आईएमईले यसपटक चाडपर्व लक्षित स्किम भन्दापनि कोभिड–१९ महामारीबाट विदेशमा आफन्त गुमाउन परेकाहरुलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले आइएमई ‘भरोसा कोष’ को स्थापना गरिएको जनाएको छ । 

सन् २०२० को जनवरीदेखि अक्टोबर १६ सम्म कोभिड–१९ महामारीबाट विदेशमा ज्यान गुमाएका नेपालीका परिवारले आवश्यक विवरणसहित आइएमई समूहको केन्द्रीय कार्यालय पानी पोखरी र प्रादेशिक कार्यालयमा कात्तिक मसान्त सम्म आवेदन दिनुपर्नेछ । 

आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेबसाइटहरू मार्फत निवेदन दिन आह्वानपत्र जारी गरेको छ ।
रितपुर्वक आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक सहायता उपलब्ध गराइने सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

आइएमई व्यवस्थापनद्धारा जारी विज्ञप्तिमा यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।