७ माघ / अर्थ र व्यापार - काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडको नायव महाप्रबन्धकमा पवन थापा नियुक्त भएका छन् । उनले निर्जीवन बीमा कम्पनीहरुमा २० बर्ष करियर बिताइसकेका छन् ।
थापा आइएमइ जनरलमा आउनुअघि सिद्धार्थ इन्स्योरेन्समा थिए। उनले त्यहाँ सात बर्ष बिताएका थिए । त्यसअघि १३ बर्ष सगरमाथा इन्स्योरेन्समा थिए । सगरमाथामा बजार ब्यवस्थापन विभागमा रहेर उनले काम गरेका थिए ।
तपाईको प्रतिक्रिया