logo

आईएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1645   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार  - आईएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने फागुन ३० गते बिहिबार अन्तिम रहेको छ । इस्योरेन्सले फागुन २२ गतेदेखि एक लाख दुई हजार ३६४ कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको हो । 

इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । जसमा एक लाख ७६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख दुई हजार ३६४ कित्ता अवितरित भएको शेयर अहिले लिलामी मार्फत बिक्री गरिरहेको छ ।

इच्छुक लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, हेटौंडा, बुटबल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी, र पोखराबाट लिलामी शेयरमा बोलपत्र पेश गर्न सक्ने व्यवस्था छ । बोलपत्र भर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर पेश गर्नु पर्ने हुन्छ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिहिबार इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४१७ रूपैयाँको हाराहारीमा कारोबार भएको छ ।

हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ बोनसबाट जुटाउनु पर्ने हुन्छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।