logo

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर बाँडफाँड

    1568   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार  - हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका स्थानीय बासिन्दाका लागि कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म निष्काशन गरेको शेयर पुस ६ गते शुक्रबार बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीयहरूबाट ७ हजार ४० जनाले ११ लाख ९८ हजार ९७० कित्ता शेयर माग गरेको थियो । कम्पनीको शेयरमा आवेदन गरेका सबै आवेदकले शेयर पाएका छन् । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार आयोजनाबाट अति प्रभावित गोकुलगंगा गाँउपालिका वडा नम्बर १ (साबिकको चुचुरे गाविस) र जिरी नगरपालिका वडा नम्बर १ र २ (साबिकको श्यामा गाविस) का स्थानिय बासिन्दाहरुबाट न्युनतम ५० कित्ता देखि ४५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई मागे जति नै शेयर बाँडफाँड गरिएको जनाएको छ ।

त्यस्तै ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने सबै आवेदकलाई न्यूनतम ४५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको २३० कित्ता शेयर ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने कूल ३८७ आवेदकमध्ये गोलाप्रथाबाट २३ जना आवेदकले थप १० कित्ता गरि ४६० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । यसरी हेर्दा अति प्रभावित स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४६० कित्तासम्म शेयर प्राप्त गरेका छन् । आयोजनाबाट अति प्रभावित बासिन्दाहरुबाट कूल २ हजार १३१ जना आवेदकबाट ५ लाख ७६ हजार ६३० कित्ताको लागि आवेदन परेको थियो ।

उता आयोजनाबाट प्रभावित क्षेत्रहरु गोकुलगंगा गाउँपालिका वडा नम्बर २,३,४, र ५, (साबिकको ठोसे, रस्नालु, बेताली र नामाडी गाविस), जिरी नगरपालिका वडा नम्बर ३(साबिकको माली गाविस), तामाकोशी गाउँपालिका वडा नम्बर ५ र ६, (साबिकको सहरे र च्यामा गाविस) तथा मन्थली नगरपालिका वडा नम्बर १३ (साबिकको फुलासी गाविस) का स्थानीयहरुबाट न्युनतम ५० कित्ता देखि २०२० कित्तासम्म आवेदन गर्ने आवेदकले माग अनुसार नै शेयर पाएका छन् ।

२५०० कित्तादेखि ४९०० कित्तासम्म शेयर माग गर्ने सबै आवेदकलाई न्यूनतम २०८० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरि बाँकी रहेको ३० कित्ता शेयर २५०० कित्तादेखि ४९०० कित्तासम्म माग गर्ने कूल १४ आवेदकमध्ये गोलाप्रथाबाट ३ जनाले थप १० कित्ता गरि २०९० कित्तासम्म शेयर प्राप्त गरेका छन् । आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयहरुबाट ४ हजार ९०९ आवेदकले कूल ६ लाख २२ हजार ३४० कित्ता शेयर माग गरेका थिए । कम्पनीले निष्काशन गरेको कुल शेयर मध्ये ४० प्रतिशत अर्थात ३ लाख ९६ हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दाका लागि र ५ लाख ९४ हजार कित्ता आयोजनाबाट प्रभावित स्थानीयका लागि कूल ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा न्युनतम ५० कित्ता देखि ४ हजार ९०० कित्ता सम्म आवेदन गर्ने व्यवस्था रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।