२७ कात्तिक/अर्थ र व्यापार– हङकङले नेपाल एयरलाइन्सलाई हङकङ उडानमा पुनः रोक लगाएको छ ।
काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछी हङकङले नेपाल एयरलाइन्सलाई तेस्रो पटक कारबाही स्वरुप हङकङ उडानमा रोक लगाएको हो ।
उडानमा निषेधलगाएसंगै एयरलाइन्सको पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने हङकङ उडान रद्ध भएको नेपाल एयरलाइन्सले जनाएको छ ।
प्रतिबन्धसंगै अब नेपाल एयरलाइन्सले २५ नोभेम्बरसम्म हङकङ उडान गर्न पाउने छैन ।
पछिल्लो समय चीन र हङकङले कोरोना भाइरसको महामारी नफैलियोस भनेर एयरलाइन्सहरुमाथि कडा निगरानी गरिरहेका छन् ।
बारम्बार प्रतिबन्धमा परेको नेपाल एयरलाइन्सले यात्रुहरुलाई पीसीआर परिक्षणका लागि स्वाब ल्याबमा दिएपछि पनि अनिवार्य क्वारेन्टिनमा बसेर स्वास्थ्य निर्देशिकाको पालना गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया