logo

हिमालयन डिस्ट्रिलरीद्वारा ६८.४२ प्रतिशत अन्तरिम लाभांस दिने घोषणा

    894   पटक पढिएको

१२ जेठ /अर्थ र व्यापार  - हिमालयन डिस्ट्रिलरीले ६८.४२ प्रतिशत अन्तरिम लाभांस दिने घोषणा गरेको छ । जेठ १७ गतेसम्म कायम शेयरधनीहरुले संञ्चित नाफामा रहेको रकमबाट यो  लाभांस प्राप्त गर्न सक्ने छन् । कम्पनीले चालु आर्थिक वर्ष २०७५र७६ मा आर्जन गर्ने नाफा सहित अन्तरिम रुपमै नगद लाभांस घोषणा गरेको हो । यदि कम्पनीले चालु आर्थिक वर्षमा उल्लेख्य नाफा गरेमा यो लाभांस बढ्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको जगेडा कोषमा ६५ करोड ६९ लाख रुपैयाँ संञ्चित रहेको छ । यसै कोषबाट कम्पनीले लाभांस दिने घोषणा गरेको हो। आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो कोष थप बढ्नेछ ।
कम्पनीको हालको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसै पूँजीका आधारमा कम्पनीले घोषणा गरेको अन्तरिम लाभांस अनुसार आफ्ना शेयरधनीहरुलाई २६ करोड ३८ लाख रुपैयाँ नगद दिनेछ । कम्पनीले अहिलेसम्मकै बम्पर बोनसको घोषणा गरेको हो । यस अगाडिका वर्षमा कम्पनीले वार्षिक १० देखि २१ प्रतिशतबीचमा लाभांस दिदै आएको थियो । गएको वर्षदेखि कम्पनीले राम्रो मुनाफा आर्जन गर्दै आएको थियो ।

कम्पनीको वित्तीय विवरण चार वर्ष अगाडिसम्म प्राय नोक्सानमा देखिने गरेको थियो । सञ्चित मुनाफा पनि नोक्सानमा देखिने गरेको थियो। चार वर्षदेखि लगातार नाफामा देखिन थाले सँगै कम्पनीको सञ्चित मुनाफा पनि बढ्न थालेको हो । कम्पनीले अहिले घोषणा गरेको लाभांसपछि पनि सञ्चित मुनाफा २६ करोड ९३ लाख रुपैयाँ बाँकी रहनेछ । नौ वर्षको अवधिमा कम्पनीको शेयर मूल्य प्रतिशेयर आम्दानी ऋणात्मक हुँदा १४२ रुपैयाँसम्म तल झरेको छ भने शेयर बजारले अधिकतम सूचक चुम्दै गर्दा २०५० रुपैयाँसम्म पुगेको छ । शेयर बजार विस्तारै ओरालो लाग्दै गर्दा कम्पनीको नाफामा सुधार देखिन थालेको थियो ।

शेयर बजार लगातार गिरावट हुँदै गर्दा अधिकांश कम्पनीको बजार आधार मूल्यकै हाराहारीमा आउँदा हिमालयन डिस्ट्रिलरीको भने बजार मूल्य भने घटेको थिएन। बैंक तथा वित्तीय संस्था पछि शेयर बजारमा उत्पादनमूलक कम्पनीको शेयरमा आकर्षण देखिएको छ । दुई वर्षको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँबाट ११३ रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानीमा भएको उल्लेख्य प्रगतिसँगै दोस्रो बजारमा गत वैशाख २६ गते १९५५ रुपैयाँसम्म पुगेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी तथा सञ्चित मुनाफामा सुधार हुँदै गर्दा लगानीकर्ताहरुले कम्पनीले बम्पर बोनस दिने अनुमान गरिसकेका थिए । यसको परिणामा दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा केहि दिन बढ्दो क्रममा सर्किट नै लागेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।