logo

हिमालय ऊर्जाद्वारा १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन

    2257   पटक पढिएको

१२ चैत्र /अर्थ र व्यापार - दोलखा र रामेछाप जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा उपल्लो खिम्ति १२ मेगावाट र ७ मेगावाटको खिम्ति जलविद्युत गरी कुल १९ मेगावाटको बिजुली उत्पादन गरिरहेको हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले १४ लाख ८५ हजार कित्ता शेयरको लागि आइपीओ निष्कासन गरेको छ ।

यो कम्पनीले ९९ करोडको चुक्ता पुँजीको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको रकम संकलनका लागि एक सय रुपैयाँ अंकित साधारण शेयर जारी गरेको हो । यस्तो शेयरमा ४४ हजार ५५० कित्ता अर्थात ३ प्रतिशत शेयर कर्मचारीलाई र ७४ हजार २५० कित्ता अर्थाता अर्को ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ । यसको शेयर आवेदन प्रति कित्ता १ सय रुपैयाँका दरले यही चैत २० देखि छिटोमा २५ गतेभित्र र ढिलोमा बैशाख १९ भित्रमा आवेदन दिइसक्नुपर्ने छ । यसको शेयर आवेदनका लागि न्युनतम ५० कित्ता र अधिकतम ६५ कित्ताको निम्ति सर्वसाधारणबाट आवेदन माग गरेको कम्पनीले जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।