१९ मंसिर/अर्थ र व्यापार– हिमालयन डिष्टीलरीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश प्रसाद पोखरेल नियुक्त भएका छन् ।
हिमालयन डिष्टीलरीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेललाई आगामी पुस १ गते देखि लागू हुने गरी दुई वर्षको लागि नियुक्ती गरेको कम्पनीले बताएको छ ।
साथै कम्पनीले सचिवमा कार्य गर्दै आएका नेत्र प्रसाद तिम्सीनालाई विसं २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनीले बताएको छ ।
तपाईको प्रतिक्रिया