२७ चैत्र/ अर्थ र व्यापार - हिमाल पावर दोलखाले ७८ करोड रुपैयाँको प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने क्रेडिट रेटिङ गराएको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको वित्तिय अवस्था जनाउने ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
कम्पनीले दोलखा जिल्लामा दुई वटा जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीको पहिलो आयोजना ४.५५ मेगावाट क्षमताको माइ खोला स्मल हाइड्रोपावर प्रोजेक्ट र दोस्रो आयोजना ८ मेगावाट क्षमताको माइ स्मल क्यासेड हाइड्रोपावर प्रोजेक्ट निर्माण गरेको छ ।
कम्पनीले निर्माण गरेको पहिलो आयोजनाको लागत ७२ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १६ करोड १० लाख रुपैयाँ छ । जसमा ७५.१३ प्रतिशत ऋण र २४.८७ प्रतिशत शेयर पूँजीबाट जुटाउनेछ । त्यस्तै दोस्रो आयोनाको जम्मा लागत एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत १७ करोड ८० लाख रुपैयाँ छ । यो आयोजनाको जम्मा लागतको ६२.८२ प्रतिशत ऋण र ३७.१८ प्रतिशत शेयर पूँजी मार्फत जुटाउने छ । कम्पनीको प्रमुख शेयरधनीहरुमा वीरेन्द्रबहादुर न्यौपाने, रुपीमणी राज भण्डारी, भगवती चौधरी रहेका छन् ।
तपाईको प्रतिक्रिया