logo

हिमाल दोलखा हाइड्रोपावरको ‘आइपिओ’ आजदेखि निष्काशन

    1030   पटक पढिएको

१४ जेठ /अर्थ र व्यापार - हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गरेको छ । इलाम जिल्लाको प्रभावित क्षेत्रका बासिन्दाको लगि १६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरिएको हो । कम्पनीले इलाम जिल्लामा ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासेड जलविद्युत आयोजना निर्माण गरेको छ । दुबै आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन् । 

माई खोलाको कुल लागत ७२ करोड ५१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १६ करोड ११ लाख रुपैयाँ छ । त्यस्तै माई साना क्यासेडको कुला लागत एक अर्ब ४२ करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ८० लाख रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जारी पूँजीको ५१.२५ प्रतिशत अर्थात ८२ करोड रुपैयाँ उठिसकेको छ । सर्वसाधराण समुह तर्फको १० प्रतिशत अर्थात १६ करोड रुपैयाँ प्रभावित क्षेत्रका बासिन्दाबाट उठाउने छ भने बाँकी ३८.७५ प्रतिशत अर्थात ६२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने योजना बनाएको हो । 

दुई आयोजनाको जम्मा लागत दुई अर्ब १४ करोड रुपैयाँ छ । जसमा शेयर पूँजीबाट एक अर्ब ६० करोड रुपैयाँ जुटाउनेछ । आयोजनाको जम्मा लागतको ७४.४२ प्रतिशत शेयर पूँजीबाट जुटाउदा भोलिका दिनमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहने देखिन्छ । कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले इलाम जिल्लामा रहेका ७ वटा बैंक, आयोजनाको निर्माण स्थलका साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । प्रभावितले जेठ २८ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार १३ गतेसम्म निष्काशन हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गरे पछि सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।