२५ असार / अर्थ र व्यापार - हिमाल दोलखा हाइड्रोपावरको आजदेखि प्राथमिक शेयर निष्काशित भएको छ । हाइड्रोपावरले आजदेखि सर्वसाधारणतर्फको ७६ लाख ७२ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण शेयर मध्ये एक लाख ५३ हजार कित्ता कर्मचारीहरुको लागि, २५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी ७४ लाख ९३ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।
कम्पनीले छिटोमा असार २९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन २४ गतेसम्म निष्काशन गर्ने छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । प्राथमिक शेयरमा आवेदन आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ ।
तपाईको प्रतिक्रिया