logo

हिमाल दोलखा हाइड्रोपावरको भोलिदेखि आईपीओ निष्काशित हुने

    1365   पटक पढिएको

२४ असार / अर्थ र व्यापार - हिमाल दोलखा हाइड्रोपावर कम्पनीले भोलि बुधबारदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल ७६ लाख ७२ हजार २ सय १० कित्तामध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ भने २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । 

कम्पनीले स्थानियलाई जारी गर्दा वितरण हुन नसकेको शेयर पनि सर्वसाधारणका लागि जारी गरेको छ । स्थानीयका लागि १६ करोड र सर्वसाधारणको लागि ६२ करोड बराबरको शेयर छुट्याएको थियो । स्थानीयलाई जारी गर्दा १ लाख २७ हजार ७९० कित्तामात्र बिक्री भएको छ । स्थानीयमा बिक्री हुन नसकेको १४ लाख ७२ हजार २१० कित्ता समेत थप गरी कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो । 

छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म बिक्रीमा रहनेछ । आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम् १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । हाल ८२ करोड चुक्तापुँजी रहेको कम्पनीको स्थानीय र सर्वसाधारणको आईपीओ पश्चात१ अर्ब ६० करोड पुग्नेछ । कम्पनीले जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको देखाउँछ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।