logo

गुराँस लाइफ इन्स्योरेन्सको २२ हजार ५७६ कित्ता शेयर लिलामी बिक्रि गरिने

    1171   पटक पढिएको

३० जेठ / अर्थ र व्यापार - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन लाख २२ हजार ५७६ कित्ता शेयर लिलामी बिक्रीमा आउने भएको छ । जसले असार ५ देखि १२ गतेसम्म लिलामी बिक्रीमा आउने भएको छ । चुक्ता पूँजी बढाउन ५० प्रतिशत हकप्रद शेयरमा संस्थापकहरुले नै आवेदन नगर्दा ठूलो कित्ता शेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले गत चैत २८ देखि जारी गरेको २ बराबर १ कित्ता अनुपातको हकप्रदमा २ लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर र सर्वसाधारण तर्फ ८२ हजार ५ कित्ता अवितरित भएको छ । इच्छुक लगानीकर्ताले उक्त लिलामीमा लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको तोकिएको शाखा मार्फत आवेदन गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि प्रतिकित्ता सय रुपैयाँ सोभन्दाबढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।