logo

ग्लोबल आइएमई क्यापिटल त्रिशुली जलविद्युतको शेयर रजिष्ट्रारमा नियुक्त

    1423   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - त्रिशुली जलविद्युत कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । त्रिशुली जलविद्युत कम्पनीले आफ्नो शेयर सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायतका काम गर्न ग्लोबल आइएमई क्यापिटललाई नियुक्ती गरेको हो ।

कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत गत चैत ७ देखि ११ गतेसम्म ३५ लाख ९३ हजार ८५० कित्ता साधारण शेयर (आइपीओ) सर्वसाधारणका लागि निष्काशन गरेर चैत १४ गते बिहीबार बाँडफाँड गरेको थियो । कम्पनीको एक लाख ११ हजार १५० कित्ता शेयर भने कर्मचारीहरुका लागि छुट्टाइएको थियो ।

जसमा प्रधानमन्त्री सहित एक लाख चार हजार २९२ जनाले २० कित्ताका दरले न्यूनतम २० कित्ता र अधिकतम प्राप्त गर्ने ५० हजार २६७ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपिओमा एक लाख ५४ हजार ५५९ वटा आवेदन सदर भएको थियो भने संस्थागत र दोहोरो आवेदन गरेका १९ सहित कूल ६७ आवेदन रद्ध भएको थियो ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो । पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो । बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।