२१ चैत/ अर्थ र व्यापार- काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय घुस खाने कर्मचारीमाथी थप निगरानी बढाएको छ । अख्तियारले जिल्ला सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरीलाई घुस लिदालिदैं रंगेहात पक्राउ गरेको हो ।
अख्तियारका सहसचिव तथा प्रवक्ता दीर्घराज मैनालीका अनुसार चौधरीले घर नजिकैको डेराबाट सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागिरहेका थिए । सोहि अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
यस घुस काण्डमा सोही कार्यालयका निवर्तमान कार्यालय प्रमुख शाखा अधिकृत बासुदेवकुमार यादवको संलग्नता देखिएपछि उनी समेतलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रवक्ता यादवले जानकारी दिए ।
दबै जनामाथी अदालतबाट म्याद थप लिइ अनुसन्धान कार्य भइरहेको छ ।
तपाईको प्रतिक्रिया