२१ फागुन / अर्थ र व्यापार - काठमाडौं–ग्लोबल आइएमई बैंकले आइतबार सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, महानौरमा आफ्नो ७५औँ, धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा ७६औँ र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
सिराहा जिल्लाको महानौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सिता राम महतो, धनुषा जिल्लाको रतौली बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सुरेन्द्र कुमार मण्डल र उक्त जिल्लाकै फुलगामामा खोलिएका शाखारहित बैंकिङ्ग सेवाको लागि दिपेन्द्र प्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
यसका साथै धनुषा जिल्लाको फुलगामामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्धेश्यले बैंकले “वित्तीय साक्षरता कार्यक्रम” पनि आयोजना गरेको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया