logo

एभरेष्ट इस्योरेन्सको तीन सय प्रतिशत हकप्रद शेयर निष्काशन आजदेखि बन्द हुने

    1444   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - एभरेष्ट इस्योरेन्सको तीन सय प्रतिशत हकप्रद शेयर निष्काशन आजदेखि बन्द हुने भएको छ । कम्पनीले वैशाख ८ गतेसम्म कामय शेयरधनीहरुका लागि एक कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

प्रति कित्ता १०० रुपैयाँको दरमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि चुक्ता पूँजीको १०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्काशन गरेर संस्थापकतर्फ ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशतको शेयर संरचना बनाएको थियो ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि एक अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीले ६०० प्रतिशत हकप्रद शेयर निष्काशनको घोषणा गरेको थियो।नेपाल धितोपत्र बोर्डले कम्पनी ऐन र बीमा ऐन अनुसार संस्थापक र सर्वसाधारण शेयर धनीको संचरना नभएको भन्दै हकप्रद शेयर निष्काशनका लागि रोक लगाएको थियो । बोर्डले निर्देशन बमोजिम कम्पनीले हकप्रद मार्फत संस्थापक शेयरधनी कायम गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ छ । हकप्रद निष्काशनसँगै समितिले निर्देशन गरेको न्यूनतम चुक्ता पूँजी जुटाउने छ । हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा कम्पनीले औसत भन्दा तलको प्रतिफल दिने सूचक ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । हकप्रद शेयरका लागि एभरेष्ट इन्स्योरेन्स कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।