logo

एभरेष्ट इस्योरेन्सको तीन सय प्रतिशत हकप्रद शेयर निष्काशन आजदेखि बन्द हुने

    1774   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - एभरेष्ट इस्योरेन्सको तीन सय प्रतिशत हकप्रद शेयर निष्काशन आजदेखि बन्द हुने भएको छ । कम्पनीले वैशाख ८ गतेसम्म कामय शेयरधनीहरुका लागि एक कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

प्रति कित्ता १०० रुपैयाँको दरमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि चुक्ता पूँजीको १०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्काशन गरेर संस्थापकतर्फ ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशतको शेयर संरचना बनाएको थियो ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि एक अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीले ६०० प्रतिशत हकप्रद शेयर निष्काशनको घोषणा गरेको थियो।नेपाल धितोपत्र बोर्डले कम्पनी ऐन र बीमा ऐन अनुसार संस्थापक र सर्वसाधारण शेयर धनीको संचरना नभएको भन्दै हकप्रद शेयर निष्काशनका लागि रोक लगाएको थियो । बोर्डले निर्देशन बमोजिम कम्पनीले हकप्रद मार्फत संस्थापक शेयरधनी कायम गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ छ । हकप्रद निष्काशनसँगै समितिले निर्देशन गरेको न्यूनतम चुक्ता पूँजी जुटाउने छ । हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा कम्पनीले औसत भन्दा तलको प्रतिफल दिने सूचक ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । हकप्रद शेयरका लागि एभरेष्ट इन्स्योरेन्स कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।