२७ बैशाख /अर्थ र व्यापार - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्कासित भएको छ । यो बिमा कम्पनीले यही बैशाख १४ गतेबाट जेठ १६ गतेसम्मका लागि हकप्रद शेयरको बिक्री खुला गर्दै छ ।
कम्पनीले एक कित्ता साधारण शेयर नयाँ ३ कित्ता साधारण शेयर दिने गरी हकप्रद निष्कासन गरेको हो । कम्पनीको शेयरमा यही बैशाख ९ गतेभित्र कारोबार गर्नेले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।
तपाईको प्रतिक्रिया