logo

शनिबारदेखि प्रत्येक वडामा इन्जिनियर परिचालन हुने

    1559   पटक पढिएको


१५  मंसिर / अर्थ र व्यापार - नुवाकोट । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिएका छन् । 

नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित भूकम्पपीडितले निर्माण गरेको निजी निवास ‘घर सम्पन्न प्रमाणपत्र’ प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा पुनःनिर्माणलाई तीव्र बनाउन एक हजार १९६ जना इञ्जिनियर पठाउन लागेको जानकारी दिए । “भूकम्पले क्षति पुगेका आवास निर्माण शतप्रतिशत भूकम्प प्रतिरोधी बनाउन प्राविधिकको अभाव भएको प्रभावितले गुनासो गरे” उनले भने, “मंसिर १६ गते शनिबारदेखि कार्यान्वयन हुनेगरी अतिप्रभावित १४ जिल्लाका १३१ स्थानीय तहको प्रत्येक वडामा एक÷एकजना इञ्जियिनर पठाउन लागेका छौ ।”  

शनिबारदेखि परिचालन हुने इञ्जिनियर वडा कार्यालयमा बसेर एक जनाले बढीमा पाँच सयजना भूकम्प प्रभावित लाभग्राहीलाई सेवा पु¥याउन जिम्मेवारी दिएर परिचालन गर्न लागिएको छ । 

यसअघि साविकको गाविसमा एक÷एकजना इञ्जिनियर परिचालन भए पनि दरबन्दीअनुसार पूर्ति नभएको र भएका पनि जागिर छाडेर अन्यत्र जाँदा आवास निर्माणको काम प्रभावित अभाव मूल समस्या हुँदै आएको थियो । भूकम्पले क्षति पुगेको आवास पुनःनिर्माण प्रभावकारी नभएको भन्दै यहाँका सरोकारवालाको जिज्ञासा सम्बोधन गर्दै प्राविधिक परिचालन र त्योसँगै जोडिएका समस्याको समेत समाधान गर्न प्राधिकरण तयार रहेको उनले बताए । 

“आवास पुनःनिर्माणको लागि दक्ष जनशक्तिको अभाव छ” भुसालले भने, “पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्तिलाई कालीगढ तालीम दिन लागिरहेका छौँ ।” पुनःनिर्माण प्राधिकरणले यही मंसिर १८ गतेसम्म वडा कार्यालयमार्फत तालीम माग गर्नेलाई एक साताको कालीगढ तालीम निःशुल्क प्रदान गर्न लागेकाले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने महत्वकांक्षी योजना बनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत भुसालले आवास पुनःनिर्माणमा उत्पन्न समस्या समाधानका लागि काठको सहज उपलब्ध गराउन, निर्माण सामग्री ९ढुंगा, गिट्टी, बालुवा० स्थानीय तह मार्फत निःशुल्क उपलब्ध गराउन तथा सहुलियत दरमा व्यवस्था गर्न, आवास निर्माणको नक्सापास निःशुल्क र एक साताभित्रै गरिदिनस्थानीय तहका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिए । भूकम्प प्रभावितमध्ये अतिप्रभावित जिल्लाको रुपमा रहेको नुवाकोटको पुनःनिर्माण अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले प्रभावितलाई अस्थायी टहरा छाडेर सुरक्षित आवास निर्माण गर्न आग्रह गर्दै त्यसका लागि सरकारी पक्षबाट उपलब्ध गराउने सेवामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । 

यस्तै, पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भूकम्प प्रभावित भएर लाभग्राहीमा समावेश हुन छुटेकालाई यो मंसिर मसान्तसम्म स्थानीय तहमा निवेदन दिएमा पुनःजाँच गर्ने व्यवस्था मिलाएको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ, किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा, वल्ड रिन्युका कार्यक्रम प्रमुख मुक्ति सुवेदी, निजी आवास पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख विदुर खड्का, पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जिल्लाको पुनःनिर्माणमा उत्पन्न समस्या, पुनःनिर्माणलाई दिनुपर्ने तीव्रता, उत्पन्न अवरोध तथा आगामी दिनमा प्राधिकरणबाट गर्नुपर्ने सुधारको पक्षमा पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।