१० माघ / अर्थ र व्यापार - सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवाको सुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।
यस सम्झौताबाट बैंकले एलआईसी नेपालको विविध जीवन वीमा योजनाहरू बिना झन्झट प्रदान गरी आफ्ना ग्राहकबर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत ण्।गुरुङले बताए । बैंकले निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
तपाईको प्रतिक्रिया