२ कात्तिक/अर्थर व्यापार– सिटिजन लाइफ इन्स्योरेन्सले स्थापनाको चौंथो बर्षमा प्रबेश गरेको छ ।
सिटिजन लाइफले आफ्नो स्थापनाकालको चौंथो वर्ष पूरा गरेका अवसरमो नयाँ म्यास्कोट ‘सिटिम्यान’ सार्वजनिक गरेको छ ।
ग्राहकको चाहना र मागअनुसारको नयाँ सेवा र सुरक्षा दिने उद्येश्यले नयाँ म्यास्कोट ‘सिटिम्यान’ ल्याएको कम्पनीले बताएको छ ।
सिटिजन लाइफले प्रविधिमुखी बनाउने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु ल्याएको कम्पनीको जनाएको छ ।
नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया