logo

सधैंको लागी बन्द भयो क्याथे ड्रागनका उडान

    2499   पटक पढिएको


२६ कात्तिक/अर्थ र व्यापार– कोभिड–१९ महामारीका कारण व्यवसायमा क्षति पुगेपछि हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरले आफ्नो ब्राण्ड ‘क्याथे ड्रागन’ सदाको लागी बन्द गरेको छ ।

कम्पनीले कोभिड–१९ का कारण हवाई सेवा व्यवसायमा आएको असहज परिस्थितिका कारण ‘क्याथे ड्रागन’ सदाको लागी बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । 

कम्पनीले यस अघि क्याथे प्यासिफिक, क्याथे ड्रागन र हङकङ एक्सप्रेस लगायत तीनवटा ब्राण्डमार्फत उडान गर्दै आएको थियो । कम्पनीले अब नेपालका लागि आफूसँग बाँकी रहेका दुई ब्राण्डमध्ये एउटा ब्राण्डमार्फत उडान गर्ने योजना छ।

क्याथे ड्रागन बन्द भएपछी कम्पनीले एक महिनापछि क्याथे प्यासिफिकमार्फत नेपाल उडान गर्ने योजना बनाएको काठमाडौंस्थित आधिकारिक जेनरल सेल्स एजेन्ट्स अमरावती ट्राभल्सका सीइओ जुगेश श्रेष्ठले बताए । 

श्रेष्ठले क्याथे ड्रागनको भन्दा तुलनात्मक हिसाबले क्याथे प्यासिफिकको सेवा थप राम्रो भएको बताए। कम्पनीसँग विकल्प बाँकी रहेकाले व्यवसाय बन्द भने नहुने श्रेष्ठको भनाई छ ।

बन्द भएपछि कम्पनीले क्याथे ड्रयागनमार्फत यात्रा गर्न टिकट काटिसकेका यात्रुलाई नोभेम्बर महिनाभित्रै रकम फिर्ता लिन सूचना जारी गरेको छ । 

क्याथे ड्रागनले नेपालमा साताको पाँच उडान गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।