logo

बुटवल पावर कम्पनीको लाभांश आजदेखि वितरण सुरु

    1587   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार  - बुटवल पावर कम्पनीको गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको १८ प्रतिशत नगद लाभांश फागुन २२ गते बुधबारदेखि वितरण थालेको छ । कम्पनीले शेयर दाखिल खारेज गरेको दिन पुस ६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गर्न लागेको जनाएको हो । यस्तै सो मितिभन्दा पछाडि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई पनि क्रमश लाभांश वितरण गर्दै जाने कम्पनीले स्पष्ट पारेको छ । 

यस्तै साधारण सभाबाट पारित भएको दश प्रतिशत बोनस शेयर भने नेप्सेमा कारोबारका लागि सूचीकरण भएपश्चात शेयरधनीकै हितग्राही (डिम्याट) खातामा वितरण गर्ने जनाएको छ । साथै कम्पनीले हालसम्म पनि कागजी शेयर प्रमाणपत्र धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र हितग्राही खातामा बैंक खाता अद्यवाधिक गराउन बाँकी शेयरधनीलाई बैंक खाता अद्यवाधिक गर्न सूचित गरेको छ । गत पुस २७ गते सम्पन्न कम्पनीको २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४।७५को मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

यसैगरि बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०६९र७० वा सो भन्दा अघिल्ला वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी शेयरधनीलाई चैत २२ गतेसम्म लाभांश बुझ्न भनेको छ । शेयरधनीले उक्त्त लाभांश हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरी नक्सालमा सम्पर्क गरि लिन सक्नेछन् । सो मितिसम्म संकलन नगरे कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ९ मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने र तत्पश्चात कम्पनीसँग लाभांश रकम नरहने जनाएको छ । कम्पनी ऐनको दफा १८३ मा कुनैपनि कम्पनीको साधारण सभाले पारित गरेको लाभांश पाँच वर्षसम्म लगानीकर्ताले संकलन गरि नबुझेमा सो लाभांश कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।