९ माघ/अर्थ र व्यापार– बुद्ध एयरले कोरोना महामारी सुरु भएपछि उडान खुलेको करिब चार महिनापछि बुद्धले थप एउटा जहाज ल्याउने भएको छ ।
आन्तरिक हवाइ बजारको सबैभन्दा ठूलो एयरलाइन्स बुद्धले एटिआर–७२ जहाज ल्याउन लागेको हो । जहाज आज बेलुका नै काठमाडौं विमानस्थलमा अवतरण हुने कम्पनीले जनाएको छ ।
बुद्ध एयरले जहाज थप गरेर काठमाडौं बाहिरका विमानस्थलबाट बिहानको उडानलाई छिटो छरितो बनाउने योजना बनाएको बताएको छ ।
नेपालभरका १५ भन्दा बढी गन्तव्यमा दैनिक चार दर्जन बढी उडानबाट औषत चार हजार यात्रुलाई सेवा दिंदै आएको छ ।
एउटा जहाज थपिएसँगै बुद्धसँग अब ९ एटिआर–७२ हुनेछन् । त्यस्तै दुइ बीचक्राफ्ट र तीन एटीआर ४२ गरी कूल १४ जहाज हुने छन् ।
तपाईको प्रतिक्रिया