२१ मंसिर/अर्थ र व्यापार– अमेरिकी विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स विमान बुधवारदेखि सञ्चालनमा आएको छ ।
२० महिनापछि अमेरिकामा विमानले पहिलो पटक उडान भरेको हो । गत वर्ष पाँच महीनाभन्दा कम समयमा दुई ठूला दुर्घटना व्यहोरेसँगै विश्वभर बोइङ ७३७ म्याक्स विमान ग्राउन्डेड भएको थियो ।
इन्डोनेसिया र इथियोपियामा भएको दूर्घटनामा गत वर्ष क्रमशः १८९ र १५७ जना यात्रुहरु ज्यान गएपछि विश्वभर ७३७ म्याक्सको उडान रोकिएको थियो ।
विमान उडानका लागि सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकाको टेक्सास राज्यको डल्लासबाट सञ्चारकर्मीहरू सहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको थियो।
अमेरिकी संघीय उड्डयन प्रशासनले गत महीना सो विमानलाई व्यवसायिक उडानको मार्ग प्रशस्त गरेको थियो ।
तपाईको प्रतिक्रिया