logo

खुमबहादुर सुवेदी समुहवाट टानको द्धितिय उपाध्यक्षमा भरत सापकोटाको उम्मेद्वारी, टान कार्यालय व्यवस्थापनको लागि सफ्टवेर डेभलपमेन्टमा जोड

    2946   पटक पढिएको

१७ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने नर्वाचनमा खुमबहादुर सुवेदी समुहवाट भरत सापकोटाले द्धितिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । 

युवा पुस्तामाझ निकै लोकप्रिय सापकोटा लायन्स क्लव अफ नेपाल एभरेस्टका पूर्व अध्यक्ष समेत हुन । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन । सन् २००१ मा पर्यटनमा प्रवेश गरेका नेत्रावती, टोड्के, धादिङ निवासी सापकोटा हेल्पिङ ह्यान्डस् फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन । पर्यटन सेवा संघमा सदस्य र कोषाध्यक्षको अनुभव हाँसिल गरिसकेका  उनी ब्रेकफ्री एडभेन्चर्स् र हिमालयन लक्जुरी होलिडेजका प्रबन्ध निर्देशक हुन ।

व्यवसायीक जीवनकै सिलसिलामा संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, जर्मनी, फ्रान्स, रसिया, भुटानसहित दुई दर्जन देशको भ्रमण गरी अन्तर्राष्ट्रिय पर्यटनलाई समेत गहिरो गरी बुझेका उनी टिम्स तथा टान कार्यालय व्यवस्थापनको लागि सफ्टवेर डेभलपमेन्टमा जोड दिनु हुन्छ । पुराना रुटहरुको प्रवद्र्धन र नयाँ रुटको खोजी गर्दै नेपाली पर्वतिय पर्यटनलाई नयाँ उचाइमा लैजाने उनको एजेण्डा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।