२१ फागुन / अर्थ र व्यापार - काठमाडौं– जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडबिच हालै बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । यसबाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धि सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् ।
बैंकको आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत झन्झट रहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै उक्त संझौता गरिएको हो । संझौता पत्रमा जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठ र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक मुरारी रेग्मीले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया