logo

दैनिक १४ सय मेट्रिकटन उत्पादन गर्ने क्षमताको प्लान्ट सहित बालाजी सिमेन्ट उद्योग स्थापना हुने

    1387   पटक पढिएको

२० चैत्र /अर्थ र व्यापार - शिवशक्ति ग्रुपका राहुलकुमार अग्रवाल तथा व्यवसायीहरु गौरव अग्रवाल गाडिया र हेमन्तकुमार अग्रवालको लगानीमा बालाजी सिमेन्ट आउने भएको छ । टेक्साइल व्यवसायमा लगानी रहेका गौरव र अम्बुजा सिमेन्टका प्रवन्ध निर्देशक हेमन्तले नयाँ सिमेन्ट ल्याउन लागेका हुन् ।

कपिलवस्तुको चन्द्रौटामा प्लान्टको काम अगाडि बढीरहेको छ । बालाजी सिमेन्टले उद्योगलाई पूर्ण रुपमा संचालन गर्नको लागि ३ अर्ब रुपैयाँ ऋण लिन लागेको छ । यसको लागि कम्पनीले रेटिङ समेत गराएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि ५० करोडभन्दा बढीको ऋण लिनको लागि रेटिङ गराउनुपर्छ ।

बालाजी सिमेन्टले दीर्घकालिन रुपमा १ अर्ब,यस्तै दीर्घकालिन रुपमा नै १७ करोड ६६ लाख र अल्पकालिन रुपमा ९४ करोड र ८६ करोड रुपैयाँ ऋण लिन लागेको हो । रेटिङ ऐजेन्सी केयर नेपालले दीर्घकालिन ऋणको लागि डलब बी र अल्पकालिनको लागि ए फोर रेटिङ गरेको छ । कम्पनीले दैनिक १४ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।