७ चैत्र /अर्थ र व्यापार - एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रति शेयर एक सय रुपैयाँका दरले ७५ लाख ४० हजार ३५३ कित्ता हकप्रद साधारण शेयरको निष्काशन गरेको छ । यो विमा कम्पनीले चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५४५४ रुपैयाँलाई ७५ करोड ४० लाख रुपैयाँले बढाउन हकप्रद शेयर निष्कासन गरेको हो ।
एक शेयर बराबर नयाँ शुन्य दशमलव ६का दरले अर्थात १ः०.६ को अनुपातमा शेयर जारी गरेको छ । यसको शेयरमा आवेदन दिन यही फागुन २१ गतेभित्र शेयर कारोबार गरेका शेयरधनीले मात्रै पाउने छन् ।
यो कम्पनीले एक सय रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेपछि यो कम्पनीको चुक्ता पुँजी २ अर्ब १ कराड रुपैयँ पुग्ने भएको छ । यसको शेयर आवेदन दिन यही चैत २५ देखि आगामी बैशाख २९ गतेसम्मको समय तोकिएको छ । यसको बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल लिमिटेड हो ।
तपाईको प्रतिक्रिया