३ पुस /अर्थ र व्यापार - अपि पावर कम्पनी (API) गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनश शेयर वितरण गर्नका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समिति बैठकले पुस २४ गते मंगलबार बिहान १० बजे कार्की ब्याक्वेट बबरमहलमा पन्ध्रौं वार्षिक साधारण सभा डाकेको हो । सभाले बोनस पारित गर्नुका साथै सञ्चालक समितिको संरचना परिवर्तन तथा निर्वाचन सम्बन्धमा पनि छलफल गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
तपाईको प्रतिक्रिया