३० बैशाख /अर्थ र व्यापार - अजोड इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २५ करोड ४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ९ करोड २९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा हाल २९ हजार ४ सय ७ बीमा लेख संख्या कायम छन् । कम्पनीले तेश्रो त्रैमास सम्म २ करोड ६० लाख खुद नाफा गरेको छ ।
कम्पनीको हाल पुँजी ७० करोड रुपैयाँ छ । निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनु पर्नेमा कम्पनीले बाँकी रकम आईपीओमा निस्काशन गर्ने देखिन्छ । कम्पनीको जगेडा कोषमा १ करोड ९८ लाख संचित छ भने बीमा कोषमा २ करोड ३० लाख रुपैया संचित छ ।
तेश्रो त्रैमास सम्म कम्पनीले १ करोड १ लाख कुल दावी भुक्तानी गरेको छ भने ४६ लाख १२ हजार खुद दावी भुक्तानी गरेको छ । १ करोड १४ लाख रुपैया भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ । कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैया ९७ पैसा आउछ भने १०६ रुपैया १२ पैसा किताबी मूल्य छ ।
तपाईको प्रतिक्रिया