९ पुस/अर्थ र व्यापार– एयर इण्डियाले एयर बबल ट्राभल सम्झौता अनुसार दिल्ली–काठमाडौंको नियमित उडान सुरु गरेको छ ।
कोभिड–१९महामारीका कारण करिब नौ महिनादेखी बन्द एयर इण्डियाको दिल्ली–काठमाडौं उडान आज बिहीबारबाट पुनः सुरु भएको हो । कम्पनीले न्यारोबडी जहाज (एयरबस ३२०) मार्फत उडान गरेको हो ।
विमानस्थलमा रहेको कम्पनीको कार्यालयका अनुसार बिहीबार गरिएको पहिलो दुईतर्फी उडानमा कम्पनीको अकुपेन्सी दर ५० प्रतिशत भन्दा बढी कायम रहेको छ ।
विमानस्थलमा रहेको कम्पनीको कार्यालयका एक कर्मचारीका अनुसार विहान ११ः०७ बजेको दिल्ली–काठमाडौं उडानमा ९९ जना यात्रु आएका छन् भने दिउँसो १२ः३४ बजेको काठमाडौं–दिल्ली उडानमार्फत ९२ यात्रु गएका छन्।
कम्पनीले नेपाली यात्रुका लागि न्यूनतम भाडादर नौ हजार दुई सय ७७ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया