logo

सानिमा बैंकद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख सहयोग

    1340   पटक पढिएको


२० फाल्गुन / अर्थ र व्यापार - सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो । उक्त बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई २१ लाखको सहयोग गरेको छ । 
एक कार्यक्रमकाबीच बैंकका सञ्चालक तुकप्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा धुर्मुस–सुन्तली फाउन्डेसनको कार्यलाई सरहाना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुसी लागोको पनि उनले बताए । कार्यक्रममा बोल्दै सीताराम कट्टेलले उक्त बस्ती अनुमानित समयभन्दा चाँडै र अनुमानित लागतभन्दा कममै सकिएको बताउँदै बैंकिङ क्षेत्रबाट अहिलेसम्मको सबैभन्दा ठूलो धन राशी सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिँदै उनले यो रकमसँगै सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताए । 
त्यसैगरी श्रीमती कुञ्जना घिमिरेले फाउन्डेसनलाई विश्वास गरेकोमा धन्यवाद दिँदै यो सहयोग बैंकले गरेको सम्मानका रूपमा लिएको बताइन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमाभित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।