१७ पुस /अर्थ र व्यापार – आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । फाइनान्सको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको सो फाइनान्सले जनाएको छ ।
यस साझेदारिमा आइसिएफसि फाइनान्सको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ्ग र वन्डर्स नेपाल प्रालिका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापत्र अनुसार फाइनान्सका ग्राहकलाई वन्डर्स नेपालले स्काईवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सो फाइनान्सले जनाएको छ ।
तपाईको प्रतिक्रिया