logo

आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमिला रोकायालाई एककरोड रुपैयाँको चेक हस्तान्तरण

    568   पटक पढिएको


२७ मंसिर/अर्थ र व्यापार – आइएमईबाट रकम पठाउँदा एककरोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई टोकियोस्थित नाकानो सिकी नो मोरी पार्कमा आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरिएको जनाएको छ ।
नेपालका लागि जापानका राजदूत डा.दुर्गाबहादुर सुवेदी,आइएमई लिमिटेडका सुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमिलालाई चेक हस्तान्तरण गरेका हुन् । चेक बुझेपछि प्रमिलाले प्राप्त रकमले नेपालको कैलालीमा बाबुआमालाई घर बनाइदिने योजना सुनाइन् ।
असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।
सो कम्पनीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले आइएमई गरौं,करोडपति बनौं योजना ल्याएको थियो । सोही योजनामा रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक आइएमईले गरेको थियो । साथै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए।

यस योजनामा आइएमई गरी आइएमई पे वालेट, बैङ खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही सहभागी थिए ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाउन र रेमिट्यान्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष क्याम्पेन सञ्चालन गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।