logo

आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमिला रोकायालाई एककरोड रुपैयाँको चेक हस्तान्तरण

    711   पटक पढिएको


२७ मंसिर/अर्थ र व्यापार – आइएमईबाट रकम पठाउँदा एककरोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई टोकियोस्थित नाकानो सिकी नो मोरी पार्कमा आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरिएको जनाएको छ ।
नेपालका लागि जापानका राजदूत डा.दुर्गाबहादुर सुवेदी,आइएमई लिमिटेडका सुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमिलालाई चेक हस्तान्तरण गरेका हुन् । चेक बुझेपछि प्रमिलाले प्राप्त रकमले नेपालको कैलालीमा बाबुआमालाई घर बनाइदिने योजना सुनाइन् ।
असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।
सो कम्पनीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले आइएमई गरौं,करोडपति बनौं योजना ल्याएको थियो । सोही योजनामा रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक आइएमईले गरेको थियो । साथै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए।

यस योजनामा आइएमई गरी आइएमई पे वालेट, बैङ खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही सहभागी थिए ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाउन र रेमिट्यान्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष क्याम्पेन सञ्चालन गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।