३ मंसिर\अर्थ र व्यापार – नेपाल बिमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बिमांकीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढंगले सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एक्चुरियल सोसाइटीका अध्यक्ष प्रेक्षा माथेमाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बिमांकीय विज्ञान सम्बन्धमा समन्वयात्मक किसिमले कार्य गरी बिमा क्षेत्रमा थप योगदान पु¥याउन आपसी समझदारी गर्नेलगायतका विषय समेटिएका छन् । यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बिमा तथा बिमांकीयय विज्ञानसम्बन्धी अध्ययन एवं अनुसन्धानसम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदान–प्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ ।
सो कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पुजना ढुंगेल (अधिकारी) उपस्थित थिए ।
तपाईको प्रतिक्रिया