२८ कात्तिक/अर्थ र व्यापार – नागरिक लगानी कोषले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको नाफा गत वर्ष तीन महिनाको तुलनामा १३ दशमलब ६२ प्रतिशत बढी हो ।
कोषले गत वर्ष असोज मसान्तसम्म २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो कम्पनीको आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा सुधार आएको हो । कम्पनीको कुल आम्दानी १२ दशमलब ६० प्रतिशत बढेर ५१ लाख ७० हजार पुगेको छ ।
गत वर्ष पहिलो त्रैमासमा कोषले ४५ करोड ९१ लाख रुपैयाँ कमाएको थियो । यस कम्पनीको प्रतिसेयर आम्दानी १९ दशमलब ८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५७ दशमलब ४२ रुपैयाँ छ । कोषको हाल चुक्ता पुँजी ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया