logo

युनाइटेड अजोड इन्स्योरेन्सका सीइओ रावलको निधन

दिनभर कार्यालयको जिम्मेवारी सकेर साँझ कार्यक्रममा ,घरपुगेपछि हृदयघात

    686   पटक पढिएको



८ कात्तिक/अर्थ र व्यापार – युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको निधन भएको छ । मुटुमा समस्या भएपछि भक्तपुरको नागरिक अस्पताल भर्ना गरिएका उनको बिहीबार बिहान निधन भएको हो ।
सोल्टी होटलमा बुधबार आयोजित अन्तर्राष्ट्रिय समावेशी बीमा बारेको कार्यक्रममा सहभागी भएर राति घर पुगेपछि उनी बिरामी भएको थिए । स्वास्थ्यमा समस्याभयपछि तत्काल उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सो कार्यक्रमबाट उनी राति १० बजेपछि घर फर्किएका थिए । घर फर्किएपछि अचानक बिरामी परेका उनलाई परिवारले तत्काल नागरिक अस्पताल लगेका थिए । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनको निधन भएको जानकारी दिएका थिए । दिनभर आफ्नो कार्यालयको जिम्मेवारी पुरा गरि साँझ कार्यक्रममा सोल्टी होटल पुगेका रावललाई गए राति नै हृदयघात भएको थियो ।
६१ वर्षिय रावलको श्रीमती, एक छोरा र एक छोरी छन् । अष्ट्रेलियामा रहेका छोरा नेपाल आएपछि मात्र अन्तिम संस्कार गरिने उनको घरपरिवार स्रोतले जानकारी गराएको छ । रावलको निधनले नेपालको बीमा क्षेत्रले एक कुशल व्यवस्थापक गुमाएको छ । निर्जीवन बीमा कम्पनी व्यवस्थापनको क्षेत्रमा रावल दुई दशकभन्दा बढीको अनुभवी थिए ।
नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत भइसकेका रावल प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए । आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरपछि भने रावललाई कम्पनीले वरिष्ठ नायब प्रमुख कार्यकारी बनाएको थियो ।
गत वर्ष युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी मर्जरपछि मर्जर कमिटीले स्वर्गीय रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति सिफारिस गरेको थियो । त्यसपछि उनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छाडेर युनाइटेड अजोडको व्यवस्थापन नेतृत्वमा आएका थिए । उनको शवलाई पशुपति क्षेत्रको चिस्यान केन्द्रमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।