२१ असोज/अर्थ र व्यापार – प्रभु इन्स्योरेन्सले बाढीपहिरो प्रभावितहरुको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रभु इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको चेक सहयोग रकम हस्तान्तरण गरेको हो । इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
आफ्नो सहयोगले पीडितको राहत तथा पुर्नस्थापनाका लागि योगदान पुग्ने अपेक्षा गरिएको सो इन्स्योरेन्सले जनाएको छ ।
तपाईको प्रतिक्रिया